दिल्लीमा कोरोना संक्रमण नियन्त्रण उन्मुख


३ जेष्ठ २०७८, सोमबार
korona india 4

काठमाडौं, ३ जेठ । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली राज्यमा बन्दाबन्दीको कारण सङ्क्रमण नियन्त्रणका लागि सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् ।

राज्य सरकारले केन्द्रको समन्वयमा लकडाउन पुनः एक हप्ताका लागि बढाएको छ । मुख्यमन्त्री केजरीवालले लकडाउन थप एक साता बढाउने निर्णय भएको पुष्टि गरेका छन् ।

दिल्लीमा लकडाउन पहिले सङ्क्रमण दर ३५ प्रतिशतको हाराहारीमा थियो । आइतबार सङ्घीय मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार दिल्लीको सङ्क्रमण दर १०.४० प्रतिशतमा झरेको छ ।

दिल्लीमा जारी लकडाउन सोमबारदेखि थप एक हप्ता अर्थात् मे २४ सम्म लम्ब्याइएको छ । मुख्यमन्त्री केजरीवालले कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएको भन्दै केन्द्र सरकारलाई पत्राचार समेत गरेका छन् । खोपको अभाब नभएमा आगामी तीन महिनाभित्र सबैलाई पहिलो चरणको खोप लगाइसकिने पनि केजरीवालले बताए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७