पार्टीलाई कस्तो बनाउने ? भन्नेबारे प्रचण्डले मागे राय–सुझाव


३ जेष्ठ २०७८, सोमबार
prachanda1

काठमाडौं, ३ जेठ । नेपालको राजनीति विवाद, कलह र विग्रहतिर अगाडि बढिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई कस्तो बनाउने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यकर्तालाई राय–सुझाव मागेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् पार्टी आन्दोलनको थप विकासका लागि कार्यकर्ता तथा आम नागरिकका तर्फबाट पनि राय–सुझाव मागेका हुन् ।

Capture 2

‘हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रद्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपांग एवं शहीद परिवारलगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ । आफ्नो राय सल्लाह सुझाव पार्टीको इमेल ठेगानामा पठाउनु हुन अनुरोध छ’, अध्यक्ष प्रचण्डले भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७