मदन–आश्रितको नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ : वामदेव


३ जेष्ठ २०७८, सोमबार
bamdev

काठमाडौं, ३ जेठ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मदन–आश्रितकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी भइरहेको बताएका छन् ।

२८ औं मदन– आश्रितको स्मृति दिवसको अवसरमा उनले वृहत् वाम एकतामार्फत मदन भण्डारी र जीवराज आश्रितको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् । त्यसका निम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुन जिम्मेवार नेतालाई उनको आग्रह छ ।

‘क. मदन र क. आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो । तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ । म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरुमा नेकपा (एमाले) सहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु । यस निम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार कमरेडहरु मुक्त हुन आग्रह गर्दछु’, उनले भनेका छन् । उनले स्मृति दिवसमा उनीहरुकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७