कोरोनाबाट वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन


३ जेष्ठ २०७८, सोमबार
rajendra subedi 20210517035420

काठमाडौं, ३ जेठ । कोरोना भाइरस संक्रमणबाट प्रा. राजेन्द्र सुवेदीको निधन भएको छ । शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचाररत उनको सोमबार बिहान निधन भएको नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जनाएका छन् ।

‘गुरु प्राध्यापक राजेन्द्र सुवेदीको आज मिति २०७८ जेठ ३ गते सोमबार बिहान ५ बजे कोरोना सङ्क्रमणबाट ७६ वर्षको उमेरमा निधन भएको समाचारले स्तब्ध र मर्माहत छु’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखका छन्, ‘हामी जस्ता धेरै शुभेच्छुक र चिकित्सकहरूको अथक प्रयत्न रहँदा रहँदै पनि उहाँलाई जोगाउन सकिएन ।’

कवि तथा समीक्षक रमेश शुभेच्छुका अनुसार सुवेदीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनले पशुपति आर्यघाटमा दाहसंस्कारको तयारी भइरहेको जानकारी दिए । समालोचक, निबन्धकार तथा कवि सुवेदी त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख थिए ।

त्यस्तै उनी गोरखापत्र संस्थानका पूर्व अध्यक्ष एवम् महाप्रबन्ध समेत रहेका थिए । वि. सं. २००२ मा पाँचथरमा जन्मिएका प्रा. सुवेदीका कविता, समालोचना, निबन्धलगायतका दुई दर्जन बढी पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७