कोरोनाबाट बाँकेमा थप आठ जनाको मृत्यु


३ जेष्ठ २०७८, सोमबार
veri

बाँके, ३ जेठ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थ आठ जनाको ज्यान गएको छ । आइतबार दिउँसो ३ः४५ देखि सोमबार विहान ६ बजेसम्म बाँकेका विभिन्न अस्पतालमा उनीहरुको ज्यान गएको हो ।

मृतकमध्ये ३ जना बर्दिया, २ जना बाँके र १–१ जना कञ्चनपुर, दाङ र सुर्खेतका रहेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । यस्तै भेरी अस्पतालमा उपचाररत ठाकुरबाबा नगरपालिका–९ बर्दियाका २५ वर्षीय पुरुषको आइतबार ३ः४५ बजे, मधुबन नगरपालिका–९ बर्दियाकै ७० वर्षीया महिलाको सोमबार विहान २ः३० बजे र बासगढी नगरपालिका–६ बर्दियाकै ८० वर्षीय पुरूषको सोमबार विहान ५ बजे मृत्यु भएको छ ।

यस्तै भेरी अस्पताललमै उपचारको क्रममा नेपालगञ्ज उपमहानगरपालिका–६, बाँकेकी ४० वर्षीया महिलाको सोमबार विहान ५ः३० बजे र कोहलपुर नगरपालिका–९ बाँकेकै ४५ वर्षीया महिलाको सोमबार ६ बजे मृत्यु भएको छ ।

यस्तै भिमदत्त नगरपालिका–३ कञ्चनपुरकी ५५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा आइतबार दिउँसो ४ बजे मृत्यु भएको छ भने तुलसीपुर उपमहानगरपालिका १० दाङकी ३८ वर्षीया महिलाको भरी अस्पतालमा उपचारको क्रममा मध्यराति १२ः ३० बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २३९ पुगेको छ भने अन्य जिल्ला बाहिरका १९० जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७