राजनीति छाडेर कमल थापा खेलकुदतिर !


१३ फाल्गुन २०७४, आईतवार
kamal thapa

काठमाण्डौं, १३ फागुन : शेरबहादुर सरकारमा उपप्रधानमन्त्री रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा अहिले फूर्सदिला बनेका छन् । संघीयता कार्यान्वयनसँगै देश लोकतान्त्रिक गणतन्त्रमा गएपछि राजतन्त्र र हिन्दु राष्ट्रको राजनीतिक नारा कमजोर बनिरहेका बेला वामपन्थी सरकार बनिएका बेला थापा फूर्सदिलो बन्नु स्वभाविक हो ।kamal thapa

अहिले उनी खेलकुद क्षेत्रमा सक्रिय देखिएका छन् । बुटवल लनटेनिस क्लबद्वारा आयोजित ‘प्रथम बुटवल खुल्ला राष्ट्रिय लनटेनिस प्रतियोगिता’को भेट्रान्सतर्फ आइतबार भएको सेमिफाइनलमा नरेन्द्र सिंहलाई पराजित गर्दै कमल थापा फाइनलमा प्रवेश गरेका छन् । थापा पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष समेत हुन् ।

उनले सेमिफाइनलमा सिंहलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरेका छन् । थापाले उपाधिका लागि सोमबार कृष्ण घलेसँग प्रतिष्पर्धा गर्नेछन् । देशैभरका विभिन्न क्लब, विभागीय टोली र खेलाडीको जमघट रहेको प्रतियोगितामा ८६ खेलाडीले सहभागिता जनाएका छन् । बुटवल लनटेनिस क्लबको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा रहेको कोर्टमा प्रतियोगिता भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७