राष्ट्रिय सभा उपनिर्वाचन : लुम्बिनीमा एमालेले खड्कालाई उठाउने, गठबन्धनको उम्मेदवार पाण्डेय


३ जेष्ठ २०७८, सोमबार
umedorrrrrrr1621236442

लुम्बिनी, ३ जेठ । आउँदो जेठ १७ गते लुम्बिनी प्रदेश अन्तर्गत हुने राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी मनोनयन मंगलबार (भोलि) हुँदैछ ।
निर्वाचनका लागि एमालेले चन्द्रबहादुर खड्कालाई नै उम्मेदवारको रुपमा अघि सारेको छ ।

माओवादीले एमाले प्रवेश गरेका कारण खड्कालाई कारबाही गर्दा उक्त स्थान रिक्त भएको थियो । एमालेले उनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको एमाले प्रतिनिधि सभा संसदीय दलका सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले भने दुगनारायण पाण्डेयलाई उम्मेदवार बनाउने भएको छ । उनी वैशाख १९ गते एमाले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर क्रांग्रेस प्रवेश गरेका थिए ।

पाण्डेयलाई नै उमेदवार बनाउने निर्णय भएको कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले जानकारी दिए । लुुम्बिनीमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २९६ मतदाता छन् ।

जसमा प्रदेश सभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २१७ जना मतदाता छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ हुन्छ । लुम्बिनीमा एमालेभन्दा गठबन्धनको उम्मेदवारको सम्भावना बलियो रहेको स्थानीय नेताहरुको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७