भारतमा बनेको कोरोनाविरुद्धको खाने औषधि सार्वजनिक, यसले कसरी गर्छ काम ?


३ जेष्ठ २०७८, सोमबार
dda805fecc62e75954f3c13fd82a3538 w1000 h500 cp

नयाँदिल्ली, ३ जेठ । कोरोना भाइरसविरुद्ध भारतले बनाएको खाने औषधि सोमबार सार्वजनिक गरिएको छ ।

भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले विकास गरेको २–डीजी औषधि रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्ष वर्द्धनले सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

हैदराबादस्थित डा. रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज तयार भएको बताइएको छ । स्वास्थ्यमन्त्री हर्ष वर्द्धन भन्छन्, ‘यस औषधिको सेवनले कोरोना संक्रमित चाँडै निको हुन्छन् र यसले अक्सिजनमा भर पर्नुपर्ने अवस्थालाई कम गर्छ ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७