यसरी समातिए फेरि अर्का गुण्डाका नाइके


१३ फाल्गुन २०७४, आईतवार
1519537542

मोरङ्ग, १३ फागुन : नेपालको पूर्वी क्षेत्रमा गुण्डाराज फैलाएर आतंक सिर्जना गर्दै आएका गुण्डा नाइके एलिस गुरुङलाई प्रहरीले पक्रेको छ । विराटनगर प्रहरीले गुरुङलाई विराटनगर महेन्द्र चोकको एक होटलबाट पक्राउ गरेको हो । हत्याको प्रयास तथा रकम असुलीका मुद्धामा उनी पहिलेदेखि नै प्रहरीको खोजीमा रहेका थिए ।1519537542

विराटनगरका पेट्रोल पम्प सञ्चालक पशुपति भगतमाथि आक्रमण गरेपछि गुरुङ प्रहरीको खोजी सूचीमा थिए । पक्राउ परेका गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुण बिसीले जानकारी दिएका छन् । गुरुङले फरार भए पनि विभिन्न नम्बरबाट कल गरेर व्यवसायीसँग फिरौती माग्ने गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७