बजेट अधिवेशनको मिति कुर्दै संसद सचिवालय, भन्यो, ‘प्रि–बजेट छलफल गर्न सकिँदैन’


३ जेष्ठ २०७८, सोमबार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं, ३ जेठ । संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जनाएको छ । संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउनु पर्छ ।

संसद् सचिवालयले अब प्रि–बजेटमाथि छलफल चलाउन नसकिने बताएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गतेभित्रमा बजेट ल्याइसक्नुपर्ने र अब समय घर्किसकेकाले प्रि–बजेटमाथि छलफल चलाउन नसकिने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताएका छन् ।

प्रवक्ता पाण्डेले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरी छलफल छोटो बनाएर काम गर्न सकिने बताएका छन् ।
प्रवक्ता पाण्डेले कोरोना सङ्क्रमण महामारी तीव्र रूपमा बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको बताए । तर भर्चुअल बैठकका लागि कानुनी संरचनाले वाधा पुर्‍याउने उनले बताएका छन् ।

संविधान र सङ्घीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्य सञ्चालन नियमावलीले भौतिक रूपमा उपस्थित भएर बैठक सञ्चालन गर्ने कुरालाई मात्रै आधिकारिक मानिने र उपस्थितिका लागि हस्ताक्षर गर्नैपर्ने भएकाले भर्चुअल बैठकलाई कानुनी मान्यता दिने अवस्था नरहेको उनले बताएका छन् । तर आवश्यक कानुनी व्यवस्था भएमा प्राविधिक रूपमा सचिवालय दुरुस्त रहेको प्रवक्ता पाण्डेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७