धराप थाप्न बम विछ्याउँदै गर्दा सोही बम पड्किएर तीन तालिबान लडाकुको मृत्यु


३ जेष्ठ २०७८, सोमबार
3315f6e429a03c64f1448305772a0bd7 w1000 h500 cp

काठमाडौं, ३ जेठ । सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकुको सोही बम विष्फोट भएर मृत्यु भएको छ ।

उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकुले बम राख्दै थिए ।

अफगानिस्तानमा तालिबानी लडाकूहरुले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने र यसको विष्फोट गराएर सर्वसाधारणको ज्यान लिने गरेका छन् । तर आज भने उनीहरुले बम राखेर भाग्दै गर्दा अकस्मात बम विष्फोट भएपछि बम राख्नेमध्येका तीन जनाको ज्यान गएको बताइएको छ । सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७