दोस्रो खेपको अक्सिजन सिलिण्डर यहि साता नेपाल आइपुग्छन् : चिनियाँ राजदूत


३ जेष्ठ २०७८, सोमबार
oxygen

काठमाडौं, ३ जेठ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनबाट नेपाललाई दोस्रो खेपमा प्राप्त हुने अक्सिजन सिलिण्डरहरु नियमितरुपमा आउने क्रम जारी रहेको बताएकी छन् ।

उनले दोस्रो खेपमा आउने सिलिण्डरहरु यसै साताभित्र काठमाडौं आइपुग्ने बताएकी छन् । नेपाल एयरलाइन्समा सिलिण्डर राख्दै गरिएका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सो जानकारी दिएकी हुन् ।

चीनले नेपाललाई कोरोना संक्रमण शुरु भएदेखि परीक्षणका क्रममा चाहिने पीपीई, स्वाब संकलनका किट्सदेखि कोभिड १९ विरुद्धको खोप र केहि दिनयता अक्सिजन सिलिण्डर र भेन्टिलेटरलगायतका बिभिन्न स्वास्थ्य सामग्रीहरु सहयोगस्वरुप प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७