स्वास्थ्यकर्मीको टोलीसहित गोरखा पुगे नारायणकाजी


३ जेष्ठ २०७८, सोमबार
319f7c8842e37f8f6781d40d848a8fad w1000 h500 cp

गोरखा, ३ जेठ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ स्वास्थ्यकर्मीको टोलीसहित स्वास्थ्य सामग्री लिएर गोरखा पुगेका छन् । स्वास्थ्यकर्मी, औषधि र कोरोना परीक्षण गर्ने किट बोकेर श्रेष्ठ सोमबार गोरखा लागेका हुन् ।

उनले गोरखाका पालुङटार, सिरानचोक, अजिरकोट, सुलिकोट, भिमसेन थापा, सहिद लखन गाउँपालिका, आरुघाट गाउँपालिका लगायतका गाउँपालिकामा एन्टिजेनबाट कोरोना परीक्षण गराउने छन् ।

‘तीन–चार दिन गोरखाका विभिन्न गाउँपालिकामा पुगेर प्रवक्ता श्रेष्ठले एन्टिजेनबाट कोरोनाको परीक्षण गर्न आवश्यक सामग्री उपलब्ध गराउनु हुनेछ,’ श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले भने । ती सबै गाउँपालिकामा पछिल्लो दिन कोरोना तीव्र रुपमा फैलिएको जानकारी आएपछि श्रेष्ठ डाक्टर, नर्सको टोलीसहित पुगेका हुन् ।

त्यसक्रममा शंकास्पद बिरामीको परीक्षण तथा सम्भव औषधि उपलब्ध गराउने, स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने तथा स्थानीय तहका पदाधिकारीसँग कोरोना नियन्त्रण सम्बन्धमा आवश्यक छलफल गर्ने श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७