दुर्गा प्रसाईको बी एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन केयूको सिफारिस


३ जेष्ठ २०७८, सोमबार
ku

काठमाडौं, ३ जेठ । काठमाडौं विश्वविद्यालय (केयू) ले दुर्गा प्रसाई सञ्चालक रहेको झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । त्यसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेसम्म कलेजको निरीक्षण गरेको थियो ।

३१ वैशाखमा बसेको केयू कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३ (६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ ।
हेर्नुस् पत्र

kathmandu university letter

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७