नाबालक श्रीमतीसंगको यौनसम्बन्ध बलात्कार


२६ आश्विन २०७४, बिहीबार
batkar

बिबिसी: भारतमा श्रीमानलाई आफ्नो नाबालक श्रीमतीसंग यौनसम्बन्ध राख्‍न अनुमति दिने एउटा कानुनी प्रावधानलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ।batkar

बलात्कार सम्बन्धी कानुनको एक भागका रुपमा रहेको उक्त बुंदामा विवाहीत दम्पत्तीबीच वैध यौन सम्बन्धका लागि श्रीमतीको उमेर १५ वर्ष भन्दा बढी हुनुपर्ने उल्लेख थियो।अब नयां कानुनी प्रावधान अनुसार नाबालक श्रीमतीसंगको यौन सम्बन्ध बलात्कार ठहरिनेछ।

भारतमा विवाह र यौन सम्बन्धका लागि महिलाको न्यूनतम कानुनी उमेर १८ रहेको छ तर वैवाहीक बलात्कारलाई अपराध मानिंदैन।सर्वोच्च अदालतको फैसलालाई महिला अधिकारवादी अभियानकर्ताहरुले प्रसंशापूर्वक स्वागत गरेका छन् तर सम्बाददाताहरु भन्छन् नयां कानुनी प्रावधान लागु हुन निकै गाह्रो पर्नेछ।अदालतको फैसला अनुसार १८ वर्षभन्दा कम उमेरका विवाहीत नाबालकहरुले सहमति विना यौन सम्बन्ध राख्‍ने आफ्ना श्रीमानका विरुद्ध बलात्कारको मुद्दा चलाउन पाउने छन्।

उजुरी
तर त्यसका लागि जबर्जस्ती यौन सम्बन्ध राखिएको एक वर्षभित्रै उजुरी गर्नु पर्नेछ। सर्वोच्च अदालतमा आवेदन दिएका एकजना प्रमुख अभियानकर्ता विक्रम श्रीवास्तव भन्छन् सर्वोच्च अदालतको फैसलाले किशोरीहरु विरुद्धको ऐतिहासिक भूल सच्चाएको छ।
तर दिल्लीस्थित बीबीसीकी गीता पाण्डे भन्छिन् बालविवाहको व्यापक रुपमा अभ्यास हुने भारतजस्तो देशमा नयां कानुन प्रभावकारी रुपमा लागु हुन अप्ठ्यारो छ।
उनी भन्छिन् अदालत र प्रहरीले दम्पत्तीहरुको कोठामा जांच गर्न जाने कुरा भएन।साथै अभिभावकको स्वीकृतिमा विवाह बन्धनमा बांधिकाएका नाबालक दुलहीहरुले आफ्नो श्रीमानका विरुद्ध मुद्दा दायर गर्न प्रहरी वा अदालतसम्म जाने साहस सामान्यतया जुटाउन सक्ने देखिंदैन।
भारत सरकार भन्छ बालविवाहको प्रचलन देशको लगभग सबैजसो विकास लक्ष्यमा ठूलो तगारोका रुपमा रहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७