बेइजिङबाट आइपुग्यो थप ९७५ थान अक्सिजन सिलिण्डर

सामान लिन भोलि र पर्सी दुई उडान हुँदै


३ जेष्ठ २०७८, सोमबार
oxygen

काठमाडौं, ३ जेठ । कोरोना संक्रमितको उपचारको उपचारमा समस्या भइरहेका बेला चीनको बेइजिङबाट थप ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौं आइपुगेको छ ।

नेपाल वायुसेवा निमगको वाइडबडी जहाले आइतबार र सोमबार गरी थप ९७५ थान अक्सिजन सिलिण्डर चीनको राजधानी बेइजिङबाट काठमाडौं ल्याएको हो । योसँगै अब चीनबाट हालसम्म १,३७५ वटा सिलिण्डर नेपाल ल्याइसकिएको छ । उक्त परिमाणको सिलिण्डर तीन उडानबाट नेपाल ल्याइएको नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिएका छन् ।

यी उडानाबट कुल १५७ थान अक्सिजन कन्सनट्रेटर समेत नेपाल आएको छ । नेपाल वायुसेवा निगमको जहाज आज र भोलि समेत बेइजिङ जाँदैछ । ती दुई उडानबाट समेत थप सिलिण्डर नेपाल ल्याइने पौडेलले बताएका छन् ।

उनले अब सिलिण्डरभन्दा अक्सिजन जेनेरेटरको आवश्यकता रहेको उल्लेख गर्दै निगमको जहाजले जेनेरेटर समेत बोक्न सक्ने जानकारी समेत गराएका छन् । नेपाल एयरलाइन्सले चीन सरकारले अनुदानमा दिएका सिलिण्डरहरु नेपाल ल्याइरहेको छ । यसअघि निगमको जहाजले ओमानको राजधानी मस्कटबाट समेत साढे ५ सय अक्सिजन सिलिण्डर नेपाल ल्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७