मदनकृष्ण र हरिवंशको अस्पताल मन्त्री पण्डितको कार्वाहीमा परे


१३ फाल्गुन २०७४, आईतवार
maha madan krishna and haribasnsha

काठमाण्डौं, १३ फागुन । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लगानी रहेको अस्पताल जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितको कार्वाहीमा परेका छन् ।maha madan krishna and haribasnsha

मन्त्रालयको सोमबार बसेको बैठकले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका अस्पतालहरुले नै उपचारका नाममा प्रदूषण बढाउँदै वातावरणमा असर पु¥याईरहेको ठहर गर्दे कार्वाही गर्ने निर्णय गरेको हो । वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ विपरीत सञ्चालन भइरहेका उद्योगमाथि कार्वाही गरेको हो । अस्पतालहरु सरकारी नियम र मापदण्ड मिचेर चलेको पाइएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन मिचेर सञ्चालन भइरहेका अस्पतालहरुमा नेपाल नेशनल अस्पताल काठमाण्डौं, अन्तर्रा्ष्ट्रिय अस्पताल महाराजगञ्ज, काठमाण्डौं मोडल अस्पताल, काठमाण्डौं अस्पताल त्रिपुरेश्वर समेत रहेका छन् । उनीहरुलाई तत्काल मापदण्डमा ल्याउनका लागि पत्राचार गर्न स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइसकिएको पनि स्वकीय सचिव आलमले जानकारी दिए ।

यस्तै इआइए  नगरी चलेका हाेटल, उद्योगहरूलार्इ ५० हजार देखि १ लाख सम्म जरिवाना ताेकेकाे छ । नागरिकको प्रत्यक्ष जीवन र स्वास्थ्यलाई नै असर पुग्ने गरी व्यवसायका नाममा व्यापार गर्नु उद्योगी–व्यवसायीहरुको हेपाहा प्रकृति भएको बताउँदै मन्त्री पण्डितले भने–‘अब कसैले पनि नागरिकको स्वास्थ्य र वातावरणमा प्रभाव गर्ने गरी व्यवसाय गर्न छुट पाउँदैन । सरकारी नियम मिच्नेलाई निर्मम कार्वाही हुन्छ ।’ मन्त्री पण्डितले राज्यको नियम, कानून पालना गर्नु सबै नागरिक, उद्योगी, व्यवसायीहरुको कर्तव्य भएकाले नागरिकको स्वास्थ्य र वातावरण क्षेत्रमा असर र्पुयाउने गरी सञ्चालन भइरहेका सबै उद्योग–व्यवसायले समयमै सचेतता अपनाउन आग्रह गरे ।

याे पनि पढ्नुहाेस्
मन्त्री पण्डितले थाले मापदण्ड विपरीतका व्यवसायीलाई कार्वाही

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७