पाँच जिल्लामा एनटिसीको सेवा अवरुद्ध


१३ फाल्गुन २०७४, आईतवार
Nepal Telecom central office HQ logo night data pack

काठमाण्डौं, १३ फागुन : काभ्रेलगायत पूर्वका पाँच जिल्लाको नेपाल टेलिकमको सबै टेलिफोन सेवा आज विहान १० बजेपछि सम्पर्क विच्छेद भएको भएको छ । भक्तपुरको राधेराधेमा पुल निमार्णका क्रममा अपटिकल फाइवर चुडिएपछि भक्तपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा टेलिकमले दिएको सेवा अवरुद्ध भएको हो ।Nepal Telecom central office HQ logo night data pack

विहान सवा दश बजेबाट टेलिकमले प्रदान गरेको सबै सेवा अवरुद्ध भएपछि सेवाग्राहीहरु मारमा परेका छन् । लोकल , एसटिडि ,आइएसटिडि र नेट लगायतका सेवाहरु पुर्ण रुपमा अवरुद्ध छ ।

नेपाल टेलिकमको अपटिकल तार भक्तपुरको राधेराधेमा बाटो बनाउँने क्रममा चुडिएकाले भक्तपुर सहित पूर्वका ५ जिल्लाको मोवाइल फोन अवरुद्ध भएको नेपाल टेलिकम शाखा बनेपाका प्रमुख सुरेन्द्रप्रसाद शाहले बताए । शाहले साँझसम्म सबै नेटर्वकको समस्या हल भइसक्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७