काठमाडौं उपत्यकामा सक्रिय संक्रमित संख्या ४० हजार ७७४ पुग्यो, एक हजार ७४२ को मृत्यु


४ जेष्ठ २०७८, मंगलवार

काठमाडौं, ४ जेठ । काठमाडौं उपत्यकामा संक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा हाल सक्रिय संक्रमितको संख्या ४० हजार ७७४ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौंमा सबैभन्दा धेरै २८ हजार ५२७, ललितपुरमा ७ हजार १७१ र भक्तपुरमा ५ हजार ७६ सक्रिय संक्रमित छन् ।

हालसम्म यी तीन जिल्लामा एक हजार ७४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सबैभन्दा धेरै काठमाडौंमा एक हजार १८९ संक्रमितको मृत्यु भएको छ भने ललितपुरमा ३१८ र भक्तपुरमा ३२५ को मृत्यु भइसकेको छ । हाल यी तीन वटै जिल्लामा स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेका छन् ।

हाल नेपालमा कूल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १३ हजार ४८० रहेको छ । मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७