बाबुको अन्त्येष्टि गर्दागर्दै छोराको पनि मृत्यु


४ जेष्ठ २०७८, मंगलवार
death

दाङ, ४ जेठ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो ।

उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृह जिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो ।

पत्रकार लक्ष्मण र उनका बुबा झण्डै २० दिनदेखि बिरामी भएर भैरहवामा उपचाररत थिए । दुबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो । त्यही क्रममा बुबाको आइतबार मृत्यु भएको थियो । सोमबार बुबाको दाहसंस्कार गर्दैगर्दा लक्ष्मणको पनि मृत्युको खबर आयो ।
यद्यपि बुबाको मृत्युको खबर लक्ष्मणलाई भने दिइएको थिएन ।

आफूहरु बुबाको दाहसंस्कारका लागि घाटमा रहेकै बेला लक्ष्मणको पनि मृत्यु भएको खबर आएको स्थानीय पत्रकार प्रेमबहादुर राम्जाले बताए । कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरु अस्पताल भर्ना भएको तर परीक्षणमा भने रिपोर्ट नेगेटिभ देखिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७