एमाले कार्यदलको पहिलो बैठक बस्दै


४ जेष्ठ २०७८, मंगलवार
Cpn Uml Leaders scaled

काठमाडौं, ४ जेठ । सत्तारुढ नेकपा एमालेको विवाद समाधानका लागि बनाइएको कार्यदलको बैठक आज (मंगलबार) बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्न लागेको कार्यदलका सदस्य रघुजी पन्तले जानकारी दिएका छन् ।

एमालेले विवाद समाधनका लागि १० सदस्सीय कार्यदल बनाएको थियो । कार्यदलमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालका तर्फबाट पाँच–पाँच जना सदस्य छन् ।

नेपाल पक्षले २०७२ जेठ २ गते नै फर्कनुपर्ने अडान राख्दै आएको छ । सोही विषय आसपास रहेर विवाद समाधानका लागि बनाइएको कार्यदलमा ओली समूहबाट सुवास नेम्वाङ र नेपाल पक्षबाट कार्यदलको संयोजकमा भीम रावल रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७