कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु


४ जेष्ठ २०७८, मंगलवार
Mukesh chaudhary 1

सिरहा, ४ जेठ । कोरोना भाइरस संक्रमणबाट सिरहामा एक जना चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका–६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए ।

उनका अनुसार डा. चौधरी कोरोना संक्रमित भई ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए । ३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७