विश्वासको मत नलिएको यो सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन : महत


४ जेष्ठ २०७८, मंगलवार
35 Shares
ramsaran mahat

काठमाडौं, ४ जेठ । नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । पूर्व अर्थमन्त्री महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन् । उनले वार्षिक बजेट ल्याउनको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने बताए ।

उनले भने– ‘फुल फेज वार्षिक बजेटको लागि विश्वासको मत प्राप्त गरेको सरकारले ल्याउनुपर्छ । वर्तमान सरकार नै अनिश्चित छ । ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नु वर्तमान सरकारलाई बाध्यता छ । चाडैं नै यसले विश्वासको मत प्राप्त गरेर फुल फेज बजेटको घोषणा गर्नु उचित हुन्थ्यो । विश्वासको मत नलिइकन आगामी आर्थिक वर्षको लागि पूर्ण बजेट ल्याउनु मेरो विचारमा उचित हुँदैन ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सरकारले विश्वासको मत प्राप्त नगरि बजेट ल्याउनुपर्ने अवस्थामा काम चलाउ बजेट ल्याउनुपर्ने डा. महतले बताए । बजेट विधिपूर्वक ल्याउनुपर्ने र बजेट अघिको प्रि बजेट छलफल पनि जरुरी रहेको उनले उल्लेख गरे ।

उनले भने, ‘विधिपूर्वक प्रि बजेटको बारेमा छलफल हुनु जरुरी छ । संसदमा राष्ट्रपतिको नीति, कार्यक्रम भाषण हुनुपर्छ । त्यसको आधारमा संसदमा पेश गरेर छलफल गरेपछि निर्णय गर्ने हो । त्यस्तो अवस्था अहिले छैन । त्यसकारण विश्वासको मत प्राप्त गरेर नै घोषणा गरेको भए उचित हुन्थ्यो । विश्वासको मत नलिइकन बजेट पेश गर्नुपर्ने अवस्था आयो भने अन्तरिक बजेट–काम चलाउ बजेट पेश गर्ने । राजश्व सम्बन्धी, करका दर तलमाथि गर्ने पनि होइन, कार्यक्रमहरु पनि तलमाथि गर्ने होइन, चालू कार्यक्रमहरुलाई निरन्तरता दिने गर्नुपर्छ ।’

jagdamba.cement

विगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै उनले अन्य राजनीतिक पार्टीहरूसँग पनि छलफल गरेर अन्तरिम–कामचलाउ बजेट ल्याउनुपर्ने उनले बताए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७