केही घण्टामै भाँडियो महन्थ–उपेन्द्र सहमति, महतो संसदीय दलको नेता भएको पठाइयो पत्र


४ जेष्ठ २०७८, मंगलवार
Upendra mahantha

काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आज (मंगलबार) भएको सहमति केही घण्टामै भाँडिएको छ ।

अध्यक्षद्वय ठाकुर र यादवबीच आज महतोलाई दिइएको संसदीय दलको नेता पद फिर्ता लिने सहमति भएको थियो । सहमतिमा संयुक्त वक्तव्य दिएको केही घण्टामै ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो भएको पत्र संघीय संसद् सचिवालयमा पठाएका छन् । यसअघि यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमति अनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको बताएका थिए ।

तर अध्यक्ष ठाकुरले वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी आजै सचिवालयलाई जानकारी गराएका छन् । सोही पत्रका साथमा संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७