ओखलढुङ्गमा जन्मिइन् अनौठो शिशु


१३ फाल्गुन २०७४, आईतवार
sisu

ओखलढुङ्गा, १३ फागुन : ओखलढुंगाको सामुदायिक अस्पताल मिसनमा अनौठो शिशुको जन्मिएकी छन. । मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी) अनौठो जन्मिएकी हुन् । शिशुको टाउकोको दायाँतर्फको आकार निकै ठूलो छ । एउटा आँखा, नाक र मुख नै प्रष्ट देखिन्न ।sisu

बच्चाको अवस्था हेर्दा आमाको पेटभित्रै बच्चालाई ट्यूमर भएको अनुमान चिकित्सकले गरेका छन् । उनलाई केही दिन बढ्न दिएर थप परिपक्व भएपछि काठमाडौं रिफर गरिने अस्पतालका चिकित्सक (एमडिजिपी) संजय पोख्रेलले बताएका छन् । चिकित्सकका अनुसार यसलाई जन्मजात शारिरीक अपाङ्गता भनिन्छ ।

ढिलो उमेरमा आमाले बच्चा जन्माउनु, हाडनाताको सम्बन्ध, गर्भावस्थामा जथाभावी औषधीको प्रयोग र गर्भावस्थामा भिटामिन (फोलिक एसिड) को कमी हुनाले यस्तो शिशुको जन्म हुने गरेको डा.पोख्रेलले बताएका छन् । २ किलो ७ सय ग्रामको शिशुको अन्य शारीरिक अवस्था सामान्य छ । आमाको स्वास्थ्य समेत सामान्य छ । अहिले शिशुलाई इन्कुवेटरमा राखेर पाइपमार्फत आमाको दूध खुवाएर राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७