राष्ट्रियसभा उपनिर्वाचनमा साथ माग्दै नेपाल निवास कोटेश्वर पुगे ‘बादल’


४ जेष्ठ २०७८, मंगलवार
madhav kumar nepal rambahadur thapa

काठमाडौं, ४ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
आउँदो जेठ ६ गते (बिहीबार) हुने बागमती प्रदेश राष्ट्रिय सभाको उपनिर्वाचनबारे छलफल गर्न थापा नेता नेपालको निवास कोटेश्वर पुगेको थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार नेता नेपाल र थापाबीच अहिले भेटवार्ता जारी छ ।

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले थापा र विपक्षी गठबन्धन दुवैबाट डा. खिमलाल देवकोटा उम्मेदवार बनेका छन् ।

थापाको चुनाव चिन्ह सूर्य रहेको छ भने देवकोटाको कलम रहेको छ । नेकपा एमालेभित्र विवाद भएका बेला नेता माधव नेपालको समेत समर्थन रहने विश्वासका साथ देवकोटालाई उम्मेदवार बनाएपनि अहिले एमाले मिलनबिन्दुतिर गएपछि माधव पक्षका मतदाता अन्योलमा परेका छन् । यद्यपी एमालेले बादलको पक्षमा मतदान गर्न सोमबार पार्टीमा ह्वीप जारी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७