कोरोनाबाट जसपाका केन्द्रीय सदस्य सिंहको निधन


४ जेष्ठ २०७८, मंगलवार

काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ । कोरोना पोजेटिभ भएका उनको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको हो ।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि हिजो हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको मेडिसीटीमा भर्ना गरिएकोमा आज उनको निधन भएको जसपाका केन्द्रीय सदस्य संजय यादवले जानकारी दिए । नेता सिंह पहिलो र दोस्रो संविधानसभामा बाराको क्षेत्र नम्बर–२ बाट चुनाव लडेका थिए । उनका दुई छोरा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७