माछापुच्छ्रे बैंकले स्वास्थ्य उपचारका लागि १० लाखसम्मको क्रेडिट उपलब्ध गराउने, किस्ताबन्दीमा तिर्न सकिने


४ जेष्ठ २०७८, मंगलवार
42 Shares
Image 3 iKhKR6X3HG

काठमाडौं, ४ जेठ । माछापुच्छ्रे बैंक लिमिटेडले आमनागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुबिधा संचालनमा ल्याएको छ।

यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन्। उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई १० लाखसम्मको रकम प्रदान गर्नेछ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुबिधा लिन सक्नेछन्। हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहने ग्राहकले अनलाइन आवेदन दिन सक्नेछन् ।

हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकहरुलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने आशा बैंकले गरेको छ ।

jagdamba.cement

बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बिभिन्न समयमा यस्ता सुविधाहरु संचालनमा ल्याउँदै आएको जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७