फुटबल प्रशिक्षक तथा पूर्व खेलाडी तामाङको निधन


४ जेष्ठ २०७८, मंगलवार
8aeec3d3e24b9759cb701297ee43b766 w1000 h500 cp

पोखरा, ४ जेठ । फुटबल प्रशिक्षक तथा पूर्व खेलाडी बिल तामाङको मंगलबार पोखरामा निधन भएको छ। सहारा एकेडेमीका प्रशिक्षक समेत रहेका तामाङको कोरोना सक्रमणका कारण आज बिहान निधन भएको हो । सहारा क्लब हङकङका उपाध्यक्ष समेत रहेका तामाङ एएफसी ‘ए’ लाइसेन्स कोर्स गर्न आएका थिए ।

लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका तामाङ डेढ महिनाअघि स्वदेश फर्किएका थिए । कोभिड संक्रमणका कारण श्वासप्रश्वासमा समस्या आएपछि उनी वैशाख २६ गते गण्डकी मेडिकल कलेजमा भर्ना भएका थिए ।

तामाङको निधनले नेपाली फुटबल क्षेत्रमा अपूरणीय क्षति पुगेको सहारा क्लबले जनाएको छ । क्लवले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘सहारा क्लब हङकङलाई स्थापनाकालदेखि नै अगाडि बढ्न र प्रगतिको सिखरमा पुग्न वहाको योगदान अतुलनीय रहेको छ र वहा सधैं हामी सम्पूर्ण सहारा परिवारको मनमा रहनु हुनेछ ।’

२०५८ सालमा सहारा क्लबले पहिलो पटक क्याराभान गोल्डकप आयोजना गर्दा तामाङले नै टोलीको कप्तानी सम्हालेका थिए । भारतको पटियालाबाट फुटबल प्रशिक्षकको कोर्स पूरा गरेका तामाङले फ्रेन्ड्स क्लब र केही समय आरसीटी क्लवबाट पनि फुटबल खेलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७