बादललाई जिताउने नेता नेपालको प्रतिवद्धता, के होला देवकोटाको उम्मेद्वारी ?


४ जेष्ठ २०७८, मंगलवार
madhav kumar nepal rambahadur thapa

काठमाडौं, ४ जेठ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आसन्न राष्ट्रिय सभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई जिताउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

आउँदो बिहीबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार रहेका बादलले आज (मंगलबार) अपराह्न वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमा भेटेर सहयोगका लागि आग्रह गरेका थिए । जवाफमा नेपालले पूर्ण सहयोग गर्ने वचन दिएको बादलको सचिवालयले जनाएको छ ।

‘भेटवार्ता पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनको विषयमा केन्द्रित थियो,’ भेटवार्तापछि गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘भेटमा नेता नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेदवार रहनु भएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनु भएको गृहमन्त्री बादलले जानकारी दिनुभयो । भेट सकारात्मक रहेको उहाँको भनाइ छ ।’

राष्ट्रिय सभा उपनिर्वाचनमा बादल एमालेका तर्फबाट सूर्य चिह्नमा तथा कांग्रेस, माओवादी र जसपाको एउटा समूहको गठबन्धनबाट डा. खिमलाल भट्टराई कलम चिह्नबाट उम्मेदवार छन् । त्यस्तै, उपनिर्वाचनमा नेमकिपाले पनि उम्मेदवारी दिएको छ । कांग्रेस, माओवादी र जसपाको गठबन्धनमा वरिष्ठ नेता नेपाल पक्ष पनि जोडिएको थियो । डा. खिमलाल भट्टराईलाई सबैको सहमतिमा साझा उम्मेद्वारका रुपमा उठाइएको थियो ।

डा. भट्टराईले दिएको उम्मेद्वारीले वरिष्ठ नेता नेपाललाई ‘धर्मसंकट’ पैदा भएको अनुमान चलिरहेका बेला उनले एमालेका उम्मेद्वार बादललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नेता नेपालले बादललाई जिताउने प्रतिवद्धता जनाएपछि अब डा. भट्टराईको उम्मेद्वारी के हुन्छ ? भन्ने चासो बढेको छ । यता राष्ट्रियसभा उपनिर्वाचनमा साझा उम्मेद्वार बनेका भट्टराईले नेता नेपाल र ओली पक्ष मिले पनि आफ्नो उम्मेद्वारी कायम रहने बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७