राष्ट्रिय सभा उपनिर्वाचन : लुम्बिनीमा खड्का र पाण्डेको उम्मेदवारी


४ जेष्ठ २०७८, मंगलवार
umedorrrrrrr1621236442

दाङ, ४ जेठ । यही जेठ १७ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुई जनाको उम्मेद्वारी परेको छ । राष्ट्रिय सभा सदस्यका लागि दीर्घनारायण पाण्डे र चन्द्रबहादुर खड्काको मनोनयन दर्ता भएको दाङमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काको उम्मेदवारी परेको हो । चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेश सभा सदस्य थिए । एमालेका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित उनी केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

यस्तै एमालेका तर्फबाट उम्मेद्वारी दिएका खड्का यसअघि पनि राष्ट्रिय सभा सदस्य उम्मेदवार थिए । माओवादीबाट निर्वाचित अर्घाखाँचीका उनी एमाले प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो । माओवादीको कारबाहीपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि एमालेले उनलाई नै फेरि उम्मेदवार चयन गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७