गोर्खा ब्रुअरी, तामासेक फाउन्डेन र लोटसले २० करोड बढीको स्वास्थ्य सामग्री दिने


४ जेष्ठ २०७८, मंगलवार
gorkha brewery

काठमाडौं, ४ जेठ : तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा बु्रअरीको संयुक्त सहयोगमा कोभिड–१९ उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २० करोड रुपैयाँभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गरिने भएको छ ।

सिंगापरस्थित तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा ब्रुअरी प्रालिको संयुक्त सहकार्यमा कोभिड संक्रमण टेस्ट गर्ने तथा कोभिड बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने भेन्टिलेटर, बीप्याप मेसिन, पल्स अक्सिमिटरलगायत २० करोडभन्दा बढी रकमको विभिन्न स्वास्थ्य सामग्रीहरु स्वास्थ्य मन्त्रालयलाई सहयोग प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७