२०७८ जेठ ५ गते बुधबारको तपाईको राशिफल


५ जेष्ठ २०७८, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाइनेछ । स्वास्थ्यमा सुधार आए पनि स्वास्थ्यप्रति सजगता अपनाउनु पर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज यात्रा नगरेकै जाती हुन्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्यको चर्चा चल्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । राजनीति तथा समाजसेवामा मन लाग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै कारणले महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला र सानातिना समस्यामा अल्झनु पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज नयाँ र शुभकार्यको चर्चा चल्ने छ । बोलीको प्रभावले अरुको मन जित्न सकिने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो कर्तव्य तथा समाज सेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश, जाँगर र मनोबल उच्च रहने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
महिला वा मित्रबाट विशेष आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नुपर्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज राज्यबाट मान सम्मान पाइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्, तर स्वास्थ्यप्रति सचेत रहनु पर्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्ने छ । साँझमा नरमाइलो समाचार सुनिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघि बढ्ने छ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७