लमजुङमा ५.८ म्याग्नेच्युटको भूकम्प : काठमाडौंमा समेत धक्का


५ जेष्ठ २०७८, बुधबार
earthquake

काठमाडौं, ५ जेठ । आज (बुधबार) बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युटको भूकम्प मापन गरिएको छ ।

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७