लागुऔषधसहित दुई युवक पक्राउ


५ जेष्ठ २०७८, बुधबार
Brown Sugar

कञ्चनपुर, ५ जेठ । कञ्चनपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका– ५ वनगाउँ बस्ने २६ वर्षीय नबिन भाट र सोही ठाउँका २० वर्षीय रोहित सुनार छन् ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको भिमदत्त नगरपालिका–५ मा बिक्री वितरण भइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको कञ्चनपुर प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए ।

उनीहरुको साथबाट एक दशमलव ९४ ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७