भारतमा समुन्द्री आँधीमा फेरी डुब्दा ९० जना बेपत्ता


५ जेष्ठ २०७८, बुधबार
india 1

नयाँदिल्ली, ५ जेठ । भारतमा आएको समुन्द्री तुफान ताउेमा परी एउटा फेरी डुब्दा कम्तिमा ९० जना बेपत्ता भएका छन् । विध्वंशकारी आँधी र समुन्द्री छालहरुले तटिय शहर मुम्बई नजिक एउटा फेरी डुबाएको थियो ।

कम्तिमा २ सय ७० जना सवार फेरी दुर्घटना हुँदा समुद्रमा डुबेकामध्ये १७७ जनालाई उद्धार गरिएको भारतिय जलसेनाले जनाएको छ । वेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । भारतमा ताउते आँधीले गुजरात, मुम्बई लगाएतका शहरमा तबाही मच्चाएको छ । ७० किलोमिटर प्रतिघण्टको बेगमा हुँइकिएको आँधीले गुजरातमा मात्रै २० जनाको ज्यान लिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७