कांग्रेस संसदीय दलको बैठक बस्दै


५ जेष्ठ २०७८, बुधबार
congress samsadiya dal

काठमाडौं, ५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो २ः३० बजेलाई बैठक बोलाएको सांसद सुजता परियारले जनकारी दिएकी छिन् ।

परियारका अनुसार संसद भवन ल्होत्से हल बानेश्वरमा बैठक बस्दै छ । आजको बैठकबाट समसामयिक विषयमा रणनीति तय गर्ने कांग्रेस संसदीय दलको तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी भइरहेका बेलामा बस्न लागेको संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ । बैशाख ३१ गते संविधानको धारा ७६ को उपधार ३ अनुसार प्रधानमन्त्री केपी ओली नियुक्त भएका थिए । ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७