आफ्नै घरभित्र २७ वर्षीया महिलाको शव फेला, एक युवक पक्राउ


५ जेष्ठ २०७८, बुधबार

तनहुँ, ५ जेठ । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडाकी एक महिला घरभित्रै मृत भेटिएकी छिन् । २७ वर्षीया मनुमाया थापा आफ्नै घरको कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनका श्रीमान् रोजगारीका लागि भारतमा रहेको स्थानीयले बताएका छन् । उनीहरुले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।

प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् । ‘घटनाको अनुसन्धान गरिरहेका छौं, थप विवरण अनुसन्धानपछि आउँछ,’ उनले भने । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७