भारतमा कोरोनाबाट एकै दिन ४,५२५ को मृत्यु


५ जेष्ठ २०७८, बुधबार
korona india 4

नयाँदिल्ली, ५ जेठ । भारतमा कोरोना सङ्क्रमणबाट एकै दिन चार हजार पाँच सय २५ जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट एकै दिन ज्यान गुमाएको यो कुनै पनि देशको सबैभन्दा धेरै संख्या हो ।

यसअघि गएको जनवरी १२ तारिखमा अमेरिकामा चार हजार चार सय ६८ जनाले ज्यान गुमाएका थिए । यस्तै ब्राजिलमा अप्रिल ६ तारिखमा चार हजार दुई सय ११ जनाको ज्यान गएको थियो । भारतमा कोरोना सङ्क्रमण पुष्टि हुने संख्या भने घटिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ८३ हजार दुई सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्ययम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

एकै दिन चार लाख भन्दा धेरै संख्यामा सङ्क्रमित थपिन थालेको भारतमा केही दिनदेखि दैनिक तीन लाख भन्दा थोरै सङ्क्रमित थपिन थालेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७