बाँकेमा १३ घण्टामै थप १७ संक्रमितको मृत्यु


५ जेष्ठ २०७८, बुधबार
korona covid scaled

बाँके, ५ जेठ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा १३ घण्टाको अवधिमै थप १७ जनाको ज्यान गएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप १७ संक्रमितको मंगलबार साँझ ५ बजेदेखि बुधबार बिहान ६ः३० बजेसम्म मृत्यु भएको हो ।

मृतकमध्ये ८ जना बाँके, ३ जना बर्दिया, २–२ जना दाङ, रूकुम पश्चिम र कैलालीका रहेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका– १८ की ७३ वर्षीया महिलाको मंगलबार साँझ ५ः १५ बजे, नेपालगञ्ज उपमहानगरपालिका–६ का ४५ वर्षीय पुरूषको मंगलबार राति ९ बजे र नेपालगञ्ज उपमहानगरपालिका–४ का ६७ वर्षीय पुरूषको बुधबार विहान ४ बजे मृत्यु भएको छ ।

यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत बाँकेकै कोहलपुर नगरपालिका–१२ का ४१ वर्षीय पुरूषको मंगलबार साँझ ८ः३५ बजे, राप्तीसोनारी गाउँपालिका–२ की ५९ वर्षीय महिलाको मंगलबार राति ११ः३० बजे, कोहलपुरु नगरपालिका ११ की ५८ वर्षीया महिलाको बुधबार विहान ३ बजे मृत्यु भएको छ ।

बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका २ का ६१ वर्षीय पुरूषको बुधबार विहान ५ बजे र कोहलपुर नगरपालिका ४ का ४२ वर्षीय पुरूषको बुधबार विहान ४ः १५ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै भरी अस्पतालमा उपचाररत बढैयाताल गाउपालिका–२ बर्दियाका डद्ध वर्षीय पुरूषको मंगलबार राति ८ः ४५ बजे, ठाकुरबाबा नगरपालिका ९का ६३ वर्षीय पुरूषको बुधबार विहान ५ बजे र ठाकुरबाबा नगरपालिका १ की ३८ वर्षीया महिलाको बुधबार विहान ५ः१५ बजे मृत्यु भएको छ ।

यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत गढवा गाउँपालिका–७ दाङकी ३० वर्षीया महिलाको मंगलबार साँझ ५ बजे मृत्यु भएको छ भने तुलसीपूर उपमहानगरपालिका–२ दाङका ६५ वर्षीय पुरूषको भरी अस्पतालमा उपचारको क्रममा बुधबार विहान ५ः३० बजे मृत्यु भएको छ ।

यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत त्रिवेणी गाउँपालिका–१ रूकुम पश्चिमकी २७ वर्षीया महिलाको बुधबार विहान ४ बजे र सानोभेरी नगरपालिका ११ का ३६ वर्षीय पुरूषको मंगलबार राति ८ः ३० बजे मृत्यु भएको छ ।

यस्तै भरी अस्पतालमा उपचाररत टिकापुर नगरपालिका–१६ कैलालीका २८ वर्षीय पुरूषको बुधबार विहान २ बजे र लम्कीचुहा नगरपालिका–५ कैलालीकी ६८ वर्षीया महिलाको बुधबार विहान ६ः३० बजे मृत्यु भएको छ । योसँगै बाँकेमा जिल्ला भित्रका २५३ जना र जिल्ला बाहिरका २०९ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७