किन हुदैँछ असोज २८ गते संसद् विघटन ?


२६ आश्विन २०७४, बिहीबार
Samsad Bhawan nepal parliament of nव्यवस्थापिका–संसद्को

काठमाडौँ:  मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएर काम अघि बढेपछि संसद असोज २८ गतेबाट विघटन हुने छ ।Samsad Bhawan nepal parliament of nव्यवस्थापिका–संसद्को

प्रतिनिधिसभाको समानुपातिक सूची बुझाउने अघिल्लो दिन आगामी शनिबार नै संसद्को आयु स्वतः समाप्त हुने भएको छ । ६०१ संसद् असोज २८ गतेदेखि सबै सांसद् भूपू हुने छ । दलका नेता र संसद् सचिवालयबीच बुधबार भएको छलफलले समानुपातिक उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसद्को आयु कायम रहने सहमति गरेको हो ।

प्रतिनिधिसभा सदस्य मनोनयनको अघिल्लो दिन संसद्को आयु स्वतः समाप्त हुने संवैधानिक व्यवस्था रहे पनि प्रत्यक्षतर्फको उम्मेदवारी दर्तालाई मान्ने कि समानुपातिकको सूची मनोनयनलाई आधार मान्ने भन्ने अन्योल थियो। निर्वाचन आयोगले समानुपातिक सूची २९ गते र प्रत्यक्षतर्फ कात्तिक ५ गते मनोनयनको दिन तोकेको छ। सभामुख ओनसरी घर्तीले समानुपातिकको मनोनयनलाई आधार मानेर संसद् विघटन हुने भन्दै सरकारलाई अत्यावश्यक कानुन पारित गर्नुपर्ने भए त्यसअनुसारको तयारी गर्न जनाउ दिइसकेकी छन् ।

सभामुखले संसद्को आयु कहिलेसम्म मान्ने भन्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्दा त्यस विषयमा संसद्लाई नै निर्णयमा पुग्न आयोगले सुझाव दिएको थियो । सभामुख घर्तीले बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा साउन २७ गते संसद्को ‘अन्तिम बैठक’ हुने जनाउ दिएकी छिन् । केही सांसदले कात्तिक ४ गतेसम्म संसद् रहने तर्क गरे पनि सभामुखले भविष्यमा संवैधानिक प्रश्न उठ्नसक्ने भन्दै समानुपातिकको सूची दर्ताको अघिल्लो दिन नै संसद्को आयु स्वतः समाप्त हुने तर्क गरेकी थिइन् ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७