‘कार्टुन्ज क्रु’ की ‘रानी’ आश्मा भन्छिन्, ‘मैले कहिले मन इच्छा दबाएर राखिन्’


१३ फाल्गुन २०७४, आईतवार
0

काठमाण्डौं, १३ फागुन : लोकप्रिय डान्स ग्रुप ‘कार्टुन्ज क्रु’ मा एक मात्र महिला सदस्य हुन् आश्मा विश्वकर्मा । लामो समयदेखि आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिंदै आएकी आश्मालाई ग्रुपमा सबैले माया गर्छन् । सरोज अधिकारीलगायतका सबैले उनलाई ‘कार्टुन्ज क्रुकी रानी’ को उपमा दिन्छन् ।Ashma Bishwokarma1

बोल्ड एण्ड व्यूटी आश्माको राजा चाहीं आखिर को होलान् ? धेरै युवाको मनमा प्रश्न उब्जिने गरेको छ । कतिले गु्रपका लिडर सरोज अधिकारी नै उनको मनको राजा होलान् भन्ने पनि लख काट्छन् । तर, आश्मा भने सरोज आफ्नो मिल्ने साथी मात्र भएको बताउँछिन् । उनी भन्छिन्–‘मेरो राजा बन्न खोज्नेहरु त धेरै होलान्, तर मैले चान्स दिएकी छैन ।’ सरोज–आश्माबीचे प्रेम सम्बन्धलाई लिएर बजार हल्ला चल्ने गरे पनि उनीहरु दुबैले अस्वीकार गर्दै आएका छन् । Ashma Bishwokarma5

उनी भन्छिन्, ‘समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै फेरिएको छैन । मैले यस्ता धेरै अवस्थाहरु आफैले पनि भोगेको छु ।’ अहिले आफू कसरी दर्शकको मन जित्ने गरी काम गर्ने भनेर नै केन्द्रित भइरहेको आश्मा बताउँछिन् । नेपालको पहिलो बिगर्ल अनि द कार्टुन क्रुजकी एक मात्र महिला सदस्य हुन् आश्माको नृत्य विद्या कक्षा आठमा पढ्दै गर्दादेखि शुरु भएको हो । सुन्दर चेहरा र बोल्ड आश्मा आफ्नो नृत्य प्रस्तुतीबाट हजारौं युवाहरुको कल्पनाको रानी बनेकी छन् ।Ashma Bishwokarma3

यो कल्पनाको रानी बन्न उनले कम मेहेनत भने गरेकी छैनन् । डान्स सिक्दा चोट पटक लागेका धेरै घटना उनले आफ्नो डान्स अनुभवभित्र छुपाएकी छन् । फरक स्वादको डान्सिङ्ग प्रस्तुत गर्दै आएकी आश्मा मनमा अठोट भए जस्तै काम पनि गर्न सकिने बताउँछिन् । आफूमा सानैदेखि डान्सर बन्ने इच्छा भएको र परिवारको विरोधका वावजुद पनि आफूले आफ्नो प्रतिभा विकास गरेको बताउँदै भन्छिन्, ‘मैले मेरो इच्छा कहिले दबाएर राखिनँ ।’Ashma Bishworkarma4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७