संकटमा राजदूत शेर्पाको उदाहरणीय पहल : स्पेनले पठाएको ५ टन स्वास्थ्य सामग्री काठमाडौंमा


६ जेष्ठ २०७८, बिहीबार
Dawa F sherpa Nepal

काठमाडौं, ६ जेठ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले कोरोना भाइरस संक्रमणकाे कारण मुलुक संकटको सामना गरि रहेको बेला उदारहणीय कुटनीतिक सक्रियता देखाएकी छिन् । नयाँ भेरियन्टको कोरोना भाइरसको तिव्र संक्रमणसँगै मुलुकले स्वास्थ्य सामाग्रीको समेत अभाव झेलिरहेको बेला राजदूत शेर्पाले स्पेनमा सहयोग सामग्री जुटाउन भूमिका खेलेकी हुन् ।

जदूत शेर्पाकै पहलकदमी र आग्रहमा स्पेनले नेपाल सरकारलाई उपलब्ध गराएको कोभिड स्वास्थ्य सामग्री विहिबार काठमाडौं आइपुगेको छ। स्पेनको स्वास्थ्य मन्त्रालयले कार्गो गरेर आइबेरिया एयरलाइन्समार्फत स्वास्थ्य सामग्री नेपाल पठाएको हो। राजदूत शेर्पा पनि सोही जहाजमार्फत् काठमाडौं आएकी छन्।

Dawa futi sherpa

कार्गोमा ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री रहेको बताइएको छ। हस्तान्तरण गरिएका सामाग्रीमा ५० थान अक्सिजन सिलिन्डर, २० थान अक्सिजन कन्सनट्रेटर, ७७ वटा भेन्टिलेटर, १४ थान रेस्पिरेटर्स, १ लाख ६४ हजार एन्टीजेन टेस्ट, २।४ मिलियन मास्क, ४२ हजार ५०० पञ्जा र ३० हजार आइसोलेसन गाउन्ज छन् ।

चार्टर्ड जहाजमा ल्याएका ती सामाग्रीलाई विहिबार स्पेनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका निर्देशक म्याग्डी मार्टिनेज सोलेमनले काठमाडौं विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे । स्वास्थ्य सामाग्री लिएर आएको जहाजले स्पेनिस नागरिकलाई फिर्ता लिएर जानेछ। नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमै रोकीएका नागरीकलाई सोही जहाजमा स्वदेश फकाईने जनाइएको छ।

जारी संकटमा स्वास्थ्य सामाग्रीको लागि पहल लिने उनी पहिलो राजदूत बनेकी छिन् । शेर्पा पहिलो पटक सगरमाथा आरोहण गर्ने नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी हुन् । २०३८ सालमा जन्मेकी दावाफुटी सम्भवत अहिलेकी सबैभन्दा कलिलो नेपाली राजदूत हुन् ।

राष्ट्रिय विभूती पासाङ ल्हामुकी तीन सन्तान छन्, छोरा नाम्गेल र छोरीद्धय दावा फुटी र दिकी शेर्पा । दावाफुटी ठुली छोरी हुन् । छोरा नाम्गेल व्यापारमा छन् । दावाफुटी अमेरिकामा डिग्री सकेर नेपाल फर्किएपछि राजदूतमा नियुक्त भएकी थिइन् ।

Dawa F. Sherpa
Sitaram Sapkota

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७