बादल पराजित भएपछि एमाले विवाद उत्कर्षमा


७ जेष्ठ २०७८, शुक्रबार
kp oli madhav nepal

काठमाडौं, ७ जेठ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ ।

उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए ।

थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ । एमाले विवाद समाधान कार्यदलको मंगलबार बसेको पहिलो बैठकले पार्टीभित्र असहयोग, अविश्वास र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंत्तिलाई आग्रह गरेको थियो । तर बिहीबार भएको राष्टिय सभा सदस्य निर्वाचनमा कार्यदलको आग्रह विपरीत काम भएको भन्दै ओली पक्षका नेताले यसमा नेपाल समूह दोषी भएको बताएका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७