नेपाली मौलिक चलचित्र ‘थात्थलो’ युट्युबमा सार्वजनिक (भिडियोसहित )


७ जेष्ठ २०७८, शुक्रबार
186544461 149547580519555 6207999387953721879 n

काठमाडौँ, ७ जेठ । दुई बर्ष पहिले निर्माण भएको नेपाली मौलिक चलचित्र ‘थात्थलो’ शुक्रबार रोमियो फिल्मस युट्युव च्यानलबाट युट्युबमा सार्बजनिक भएको छ ।

‘नेपालका काठमाडौ, पूर्वीय विभिन्न गाउँ(सहर, हङ्कङ लगायत बेलायतमा सफल प्रदर्शन भईसकेको थात्थलो अझै पनि हलहरूमा चलाउन बाँकी रहेकोे थियो । अहिलेको अवस्थालाई मध्यनजर गर्दै लकडाउनले सिथिल बनाएका नेपाली दर्शकहरूकोलागि युटयुवमा सार्वजनिक गरिने निर्णय भएको यस चलचित्रका अभिनेता तथा निर्माता समेत रहेका किशोर कुमार पंधाक(लिम्बू)ले जानकारी दिएका छन् ।

खगेन्द्र पन्धाक लिम्बूको लेखन तथा निर्देशन रहेको यस चलचित्रले अत्याधुनिक विश्व जगत सहरी रुपमा परिणत भईरहँदा आदिवासीहरूले सुखद र सुरक्षित जीवनकोलागि आफ्नो थात्थलोलाई कसरी सुरक्षित राख्नु पर्छ भन्ने बारे सन्देश दिएको छ । सबैभन्दा सुख र आफ्नो अनुकूल जीवन आफ्नै जन्मभूमि नै हुन्छ र यसका लागि स्थानीय भूमि र पर्यावरणको जगेर्ना महत्वपूर्ण हुन्छ भन्ने सन्देश बोकेको यस चलचित्रमा सुमी लिम्बू, कन्चन थलङ, किशोर कुमार लिम्बू(पंधाक), सिता कुमारी तुम्बापो, नबिन चोङ्बाङ, सञ्जय निङ्लेकु, सज्जन श्रेष्ठ, आयुशा लिम्बुखिम, दुर्ग बहादुर पन्धाक, जयसन लिम्बू आदिको मूख्य भूमिका रहेको छ ।

रेम्बोरेज म्यूजिक प्रा.लि.को व्यानरमा निर्मित यस चलचित्रमा मूख्य सहायक निर्देशक बिबी लिम्बूले गरेका छन् । बिबी लिम्बू, खगेन्द्र पन्धाक लिम्बू र पर्शुराम लिम्बूले सम्पादन गरेका छन् ।

नेपाली मौलिक चलचित्र ‘थात्थलो’ भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७