प्रधानन्यायधिसको आदेश : फरक जन्ममितिको समाचार लेख्ने कान्तिपुर ३ दिनभित्र उपस्थित हुनु

प्रेस काउन्सिललाई पनि दिइयो आदेश


१३ फाल्गुन २०७४, आईतवार
gopal parajuli

काठमाडौं, १३ फागुन । प्रधानन्यायधिस गोपाल पराजुलीको फरक जन्ममितीको समाचारको विषयमा कान्तिपुर मिडियो ग्रुपलाई सर्वोच्च अदालतले तीन दिनभित्र  हुन आदेश दिएको छ । आफनै जन्ममितिको विषयमा कान्तिपुर दैनिकविरुद्ध परेको मुद्दाको आफनै एकल इजलासमा आइतबार सुननाई गर्दे प्रधानन्यायधिस पराजुलीले ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिक सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र पत्रकार कृष्ण ज्ञवालीलाई ती दिन भित्र बयानका लागि आफनै उपस्थित हुन आदेश हो ।

gopal parajuli

प्रधानन्यायाधीश गोपाल पराजुलीका ४ जन्ममिति, नागरिकतामै ३ वटा जन्ममिति लगायतका शीर्षकमा समाचार लेखेको भन्दै कान्तिपुरविरुद्ध तोयानाथ ढुंगानाले अदालतको अवहेलना मुद्दा हालेका थिए । कान्तिपुरले संविधान र कानुनको व्यवस्थालाई लत्याउँदै अदालत, न्यायाधीश र प्रधानन्यायाधीशको मानमर्दन गर्ने गरी अनर्गल, भ्रामक समाचारलेखेको प्रधानन्यायाधीस पराजुलीले आफ्नो आदेशमा उल्लेख गरेका छन् ।

आदेशमा भनिएको छ, ‘सत्यतथ्यमा आधारित नभएका समाचार प्रकाशन गरी संविधान तथा कानून प्रतिकुल हुने कार्य गरेको प्रथम दृष्टिमै देखिन आएकोले, अदालतको अवहेलनामा किन कारबाही नगर्ने हो? आफूउपर कारबाही र सजाय गर्न नपर्ने आधार र कारण भए समाह्वान म्याद प्राप्त भएको मितिले ३ दिन भित्र म्याद थाम्न नपाउने गरि यस अदालतमा बयान गर्न स्वयं उपस्थित हुनू ।’

यस्तै कान्तिपुरले आचारसंहिता पालना गरे नगरेको छानविन गर्न प्रेसकाउन्सिलका नाममा अन्तरिम आदेश समेत जारी गरेको छ । आदेशमा प्रेस काउन्सिलाई पटक–पटक आचार संहिता उल्लङ्घन गर्ने पत्रकारलाई सरकारबाट पाउने सुविधा र सहुलियतमा रोक लगाउने व्यवस्था गर्न समेत भनेको छ । अझ कान्तपुरमाथि कारबाहि गर्न प्रेस काउन्सिललाई समेत अन्तरिम आदेश गरेको छ ।

आदेशमा भनिएको छ, ‘विपक्षी कान्तिपुर दैनिकमा विभिन्न मितिमा प्रकाशित उल्लिखित समाचार सामाग्रीहरुले पत्रकार आचारसंहिता उल्लङघन गरे नगरेको तर्फ तत्काल छानबिन गरी जनमानसमा भ्रम पैदा गर्ने समाचारहरु पुनस् प्रकाशन हुन नदिने लगायतका प्रेस काउन्सिल ऐनले दिएका अधिकारको तत्काल कार्यान्वयन गर्नू ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७