उत्कृष्ट बर्ष प्रशिक्षक र खेलाडीलाई सम्मान


१३ फाल्गुन २०७४, आईतवार
उत्कृष्ट बर्ष प्रशिक्षक र खेलाडीलाई सम्मान

 

काठमाडौं: शरस्वती उच्च माबि जोरपाटी बेसीगाँउले अभिभावक दिवसको अवसर पारेर उत्कृष्ट बर्ष प्रशिक्षक र खेलाडीलाई सम्मान गरेको छ।उत्कृष्ट बर्ष प्रशिक्षक र खेलाडीलाई सम्मान

उक्त अबसरमा बिगत लामो समय देखि कराते प्रशिक्षण गराइरहेका कराते प्रशिक्षक पुरुषोत्तम पोखरेल र बर्ष भरिमा सहभागीमा जनाएको प्रतियोगितामा शतप्रतिशत नतिजा ल्याउन सफल खेलाडी कुईसाङ लामा सम्मानित भएका छन्।

सम्मानित ब्यक्तिहरुलाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे,उपमेयर शान्ति नेपाल,वडा न ८ का अध्यक्ष मनोज ढुंगाना बिधालय ब्यबस्थापन समितिका अध्यक्ष शिव कार्कीले खादा र सम्मानपत्र द्वारा सम्मान गरेको हो ।purustam pokharel

मेयर चालिसेले सरस्वती स्कुल शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको कुरा बताए। प्रशिक्षक पोखरेलले बर्ष भरिमा आफ्नो प्रशिक्षणमा रहेका खेलाडीले विभिन्न प्रतियोगितामा ३० स्वर्ण ३५ रजत र ६० कास्य पदक जित्न सफल भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७