राजदूतहरूलाई परराष्ट्रमन्त्रीको निर्देशनः अनुदानमा खोप, अक्सिजन र औषधि जुटाउन पहल गर्नु


९ जेष्ठ २०७८, आईतवार
pradeep gyawali ZoKId95kAz

काठमाडौं, ९ जेठ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १ जेठमा १३ देशका नेपाली राजदूतसँग भर्चुअल संवाद गरेका थिए ।
उनले खोप, अक्सिजनलगायत स्वास्थ्य सामग्री, औषधि अनुदानमा जुटाउन राजदूतहरूलाई निर्देशन दिएका थिए । बैठकमा चीन, अमेरिका, बेलायत, जापान, फ्रान्स, जर्मनी, बेल्जियमलगायत देशका राजदूत सहभागी थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले खोप, अक्सिजन सिलिन्डर, स्वास्थ्य उपकरण अनुदानमा प्राप्त गर्ने प्रयासका लागि द्विपक्षीय तथा बहुपक्षीय तहमा छलफल गर्न निर्देशन दिएका थिए । विभिन्न मुलुकका मानवीय संस्थाहरू, निजी क्षेत्र तथा नेपाली समुदायसँग थप समन्वय गर्न पनि निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७