१० महिनामा साढे ११ खर्ब घाटा


१० जेष्ठ २०७८, सोमबार
sharee

काठमाडौं, १० जेठ । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिना अवधिमा ११ खर्ब ४५ अर्ब ६३ करोेड ४ लाख २३ हजार व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख मात्र व्यापार घाटा थियो ।

भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म नेपालले १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार वैदेशिक व्यापार गरेको छ । यसअवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार वस्तु तथा सेवा आयात गरेको छ । निर्यात भने १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार भएको छ । नेपालले निर्यात लक्ष्यको १० वर्षपछि सफलता पाएको हो । १० वर्षअघि नै १ खर्बको निर्यात लक्ष्य राखे पनि चालू आर्थिक वर्ष १० महिनामै सफलता मिलेको हो ।

भन्सार विभागका अनुसार वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा साढे २१ प्रतिशत बढेको छ । व्यापार घाटा बढे पनि निर्यात प्रतिशत ३२ प्रतिशतले बढेको छ । आयात २२ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९२ दशमलव शून्य ४ र निर्यात ८ प्रतिशत छ ।

सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ । १० महिनामा भारतसँग मात्र ७ खर्ब ३६ अर्ब ३० करोड ३२ लाख ८५ हजार बराबर व्यापार घाटा भएको छ । भारतबाट ८ खर्ब १५ अर्ब ६३ करोडको आयात हुँदा ७९ अर्ब ३२ करोड ७४ लाखबराबर मात्र निर्यात भएको छ । भारतपछि चीनसँग १ खर्ब ८२ अर्ब २९ करोडको व्यापार घाटा भएको छ । चीनतर्फ चालू आवमा ८९ करोड ७६ लाख २६ हजारको मात्र निर्यात भएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७