रहिनन् साहित्यकार डा. वानिरा गिरी


१० जेष्ठ २०७८, सोमबार
Banira giri 1621838954

काठमाडौं, १० जेठ । साहित्यका डा. वानिरा गिरीको निधन भएको छ । नेपाली उपन्यास, निबन्ध र कविता लेखनमा उल्लेखनीय योगदान पुर्‍याएकी साहित्यकार गिरीको आइतबार राति १० बजे ७५ वर्षको उमेरमा निधन भएको छ ।

विगत लामो समयदेखि मधुमेह र अल्जाइमरबाट पीडित डा. गिरीलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल पु¥याइएको आधा घण्टामा वानिरा फाउण्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले आफ्नो फेसबुक वालमा उल्लेख गरेका छन् ।

डा.वानिरा गिरीको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । तत्कालीन राजा महेन्द्रद्वारा प्रदान गरिएको छात्रवृत्तिमा २०२२ सालमा एमए पढ्न उनी काठमाडौँ आएकी थिइन् । २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आवद्ध वानिरा गिरी नेपाली भाषा साहित्यमा पीएचडी गर्ने प्रथम महिला थिइन् । उनले २०४२ सालमा पीएचडी गरेकी थिइन् ।

डा.गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । उनका कृति विश्वका विभिन्न भाषामा अनुवाद भएका छन् । उनी विभिन्न पदक तथा पुरस्कारबाट सम्मानित थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७